

कपिलवस्तुमा बुधबार देखि कोरोना विरुद्धको जोन्सन खोप अभियान चल्दै



राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुमा साउन १३ र १४ गते कोरोना विरुद्ध नयाँ चरणको खोप कार्यक्रम सुरु हुने भएको छ । अमेरिकन कम्पनी जोनसन एण्ड जोनसन खोप लगाउने गरी तयारी भईरहेको स्वास्थ्य कार्यालय तौलिहवाले जनाएको छ ।
जिल्ला कोभिड १९ खोप समन्वय समितिको आइतबार बसेको बैठकले साउन १३ र १४ गते २ दिन उक्त खोप लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णयानुसार ५० देखि ५५ वर्ष उमेर समूहका व्यक्तिहरु, क र ख वर्गको अपांग परिचयपत्र भएका व्यक्तिहरु, विदेश जानु पर्ने व्यक्तिहरु र यस अघि प्राथमिकतामा परेर खोप नपाएका व्यक्तिहरुको लागि प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुबाट खोप सेवा प्रदान गरिने जनाइएको छ । कपिलवस्तुका १० वटै स्थानीय तहका ९६ वटा खोप केन्द्रमार्फत खोप कार्यक्रम संचालन हुने छ ।
यस्तै जिल्लाको तीनवटा पालिकाहरु यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकामा १० गते देखि १४ गते सम्म नियमित खोप कार्यक्रम संचालन भईरहेका कारण जोन्सन एण्ड जोन्सनको खोप साउन १५ र १६ गते संचालन हुने भएको छ ।
यस्तै कपिलवस्तुमा आइतबार र सोमबार देखि नै खोप कार्यक्रम संचालन गरिएको स्वास्थ्य कार्यालय कपिवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । जिल्लाका लागि कुल ३२ हजार ५ सय डोज खोप उपलब्ध भएको उहाँले बताउनुभयो । त्यस मध्ये बैदेशिक रोजगारीमा जाने क्रममा रहेका र खोपको प्राथामिकतमा परेका ९४० जनालाई दुई दिनमा खोप लगाइएको घिमिरेले जानकारी दिनुभयो । बाँकी बचेको खोप जिल्लाका ९६ वटा खोप केन्द्रबाट बुधबार र बिहिबार लगाइने तयारी गरिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया