प्रचारबिना नै विकासमा अगाडी आएका वडा अध्यक्ष भुसाल

राधा पाण्डे/भगवती न्यौपाने
कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ ले “जसको सवाल उसैको नेतृत्व” भन्ने नारालाई साकार पार्न तल्लिन रहेको छ । आ.व. २०७६÷०७७ मा वडा नं. ८ का वडा अध्यक्ष गुणनिधि भुसालले दिगो विकासको नारालाई आत्मसात गर्दै वडाको समग्र विकासका काम गरे पनि चर्चामा आउन भने चाहनु भएन । आफुले काम गरेको र जनताले मूल्याङ्कन गरेको मै आफू सन्तुष्ट हुने हुनाले अन्य प्रचारप्रसारको पछि नलागेको बताउनुहुन्छ ।
वडाको दिगो विकासका लागि वडा भित्रका आवश्यकताहरु पहिचान गरी परिपूर्ती गर्ने, सन्तुलित विकासलाई जोड दिँदै अगाडी बढ्नुभएको वडाध्यक्ष भुषालले थुप्रै विकास निर्माणका कार्यहरु सम्पन्न गर्न सफल हुनुभएको छ ।
बाटाघाटा, पुलपुलेसा, अपाङ्ग, जेष्ठ नागरिक, महिला, युवा, बालबालिका लगायतलाई अगाडी बढाएर काम सम्पन्न भएका छन् । जसमा युवा नेतृत्व विकास, जेष्ठ नागरिक, वडा महिला, दलित महिला, बालबालिका लगायतका काम भएको उहाँले बताउनुभयो । योजनालाई दिगो विकास बनाउँदै मास्टर प्लान अनुसार अगाडी बढेको बताउँदै शान्तिकुञ्ज मधुवन धामको गुरुयोजना निर्माण, प्रदेश स्तरको मायादेवी क्रिकेट रंगशालाको डिपिआर तयार, धनेशपुर र मधौली बैकुण्ठपुरमा १०० विगाहा जग्गामा बहुउद्देश्यीय बुद्धिष्ट पार्क निर्माण गर्ने लगायतका उत्कृष्ट कार्यहरु थालनी गरिएको स्पष्ट पार्नुभयो ।
यस्तैगरी वडाले सौन्दर्र्यीकरणलाई विशेष चासोको साथ हेरेको वडा अध्यक्ष भुसालको भनाई छ । जसअन्तर्गत पोखरी संरक्षण र वडाको सौन्दर्यलाई अगाडी बढाउँदै कृषिलाई प्राथमिकतामा राख्दै धेरै स्थानमा नहर कुलो बनाइएको र आवश्यकता अनुसार सबै स्थानमा नहर कुलो र खानेपानी विस्तार गर्ने योजनाका साथ लागि परेको दावी गर्नुभयो ।
वडा अध्यक्ष भएदेखि अहिलेसम्म धेरै कार्यहरु सम्पन्न गरिसकिएको र केही बाँकी कार्यहरु आफ्नै कार्यकालभित्र सक्नेगरी चुस्तदुरुस्त रुपमा लागिपरेको उहाँको भनाई छ । जनताहरुलाइ सन्तोष पार्नेगरी काम गरेको दावी गर्ने वडाध्यक्ष भुसालले आफुले सोचे अनुसारको समयमा नै बाँकी योजनाहरु पुरा गर्ने बताउनुभयो ।
वडाध्यक्ष भएदेखि चार वर्षको कार्यकाल सम्म १०० प्रतिशत लक्ष्य मध्ये ७० प्रतिशत विकास निमार्णका कार्य सम्पन्न भईसकेका र बाँकि ३० प्रतिशत आफ्नै कार्यकालमा सम्पन्न गर्ने वडाध्यक्ष भुसालको भनाई छ ।

 

प्रतिक्रिया

खबर सबै