

कपिलवस्तुको वाणगंगा नगरपालिकालाई शुक्रबार पूर्ण बालमैत्री नगर घोषणा गरिदैँ



राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरलाई पूर्ण बालमैत्री नगरपालिका घोषणाको तयारी थालेको छ । नगरपालिकाले साउन १५ गते शुक्रबार एक कार्यक्रमका बिच नगरलाई पूर्ण बालमैत्री नगर घोषणाको तयारी थालेको हो । नगरपालिका भित्रका ११ वटै वडाहरु पूर्ण बालमैत्री शासन व्यवस्थाका सूचक पुरा गरेकाले नगरपालिका लाई नै बालमैत्री नगरको रुपमा औपचारिक घोषणा गर्न लागिएको हो ।
पहिलेको तुलनामा बालवालिका सँग सम्बन्धित घटना तथा अपराधमा केही कमी भएको भए पनि पूर्ण रुपमा बालवालिका आप्नो अधिकार प्राप्त गर्न अझै सकिरहेका छैनन् ।
विबाहबारि २० बर्ष पारी भनी राज्यले नारामा दिए पनि जन चेतनाको कमि, पारिवारिक बाताबरण शिक्षाको कमि जस्ता विभिन्न कारणले बालविवाहका घटना हुने गरेको सरोकारवालाहरुको भनाई छ ।
अहिले बाणगंगा नगरपालिकामा बालमैत्री शासन व्यवस्था कायम गर्न एघार वटै वडामा वडा बाल सञ्जालहरु गठन गरिएको छ भने उनीहरुको क्षेत्रमा काम गर्नका लागि नगरपालिकाले महिला तथा बालवालिका शाखा स्थापना गरि बालवालिकाहरुकै क्षेत्रमा काम गरेको जनाएको छ । यस्तै वडा बाल सञ्जालका पदाधिकारीहरु सहितको सहभागितामा नगर स्तरिय बाल सञ्जाल समिति समेत गठन गरिएको छ ।
बालमैत्री नगरपालिका घोषणाका लागि पुरा गर्नुपर्ने सबै सुचकहरु पुरा भएपछि अहिले नगरपालिकालाई पूर्ण बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको बाणगंगा नगरपालिकाले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया