

बन्जीजम्प गर्ने क्रममा युवतीको मृत्यु, गलत इशारामा डोरी नबाँधीकनै हाम्फालेकी थिइन्

काठमाडाैँ
बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्यान गएको छ । बन्जीको डोरी नै नबाँधीकन ती युवतीले हाम्फालेपछि उक्त दुःखद घटना भएको हो । घटना कोलम्बियाको हो ।
साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय छ । तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो मृत्यु प्राप्त हुने कुरा गत आइतबार घटेको कोलम्बियाको उक्त घटनाले पुष्टि गरेको छ ।
समाचार एजेन्सीहरुका अनुसार उत्तरी कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फालेको पाइएको डेली मेलले जनाएको छ ।
बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक गलत इशाराबाट भ्रमित उनले हतारमै हाम्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटनास्थलमा पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड (डोरी) नबाँधीकनै हाम्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृदयघात भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।
भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हाम्फालिनछन्, जबकि उनकाे खुट्टामा डाेरी नै बाँधिएकाे थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ ।
– एजेन्सीहरूकाे सहयाेगमा


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया