

कपिलवस्तुमा अत्याधुनिक प्रबिधियुक्त च्याउ खेती सुरु



राधा पाण्डे / भगवती न्यौपाने
कपिलवस्तु, साउन ९
कपिलवस्तु जिल्लाको वाणगङगा नगरपालिका ८ बोडगाउमा आधुनिक प्रबिधिले युक्त च्याउ खेती संचालनमा आएको छ ।
आधुनिक प्रबिधिले युक्त च्याउ खेतीमा बोडगाउमा रहेको आफ्नै निवासमा एसि र फगर (कुइरो बनाउने ) मेसिन जडान गरि संचालनमा ल्याइएको हो । च्याउ खेती फर्म भित्र ६ वटा एसि र ८० वटा फगर मेसिन रहेका छन् ।
महिला उद्यमि जिवकला पाण्डे (पोखरेल) ले वार्षिक ४० लाख आम्दानी गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । उहाँले आफ्ना श्रीमान लक्ष्मण पोखरेलले आफ्नो यो कामका लागि साथ र हौसला दिएको बताउनुभयो ।
महालक्ष्मी बहुउद्देश्यीय च्याउ तथा कृषि फर्मको नाममा संचालनमा आएको यस आधुनिक प्रबिधिले युक्त च्याउ खेती २० लाखको लगानीमा सुरुवात भएको छ ।
अहिलेसम्म च्याउ खेतिको लागि आफुले कुनै पनि तालिम नलिएको तर युटुबबाट सिकेर यो प्रबिधी अबलम्बन गरेको संचालक पोखेरेलले बताउनुभयो । उहाँले फगर मेसिन जडानका लागि काठमाडौंबाट प्राबिधिक झिकाएको र काम गर्ने कर्मचारी बर्दियाबाट आइ काम गरिरहेकोले आफू पनि काम लगाउन पाउँदा खुसी ब्यक्त गर्नुभयो ।
बिदेश १२ बर्ष बसेको र नेपालमै अब केही गर्नु पर्छ भनी कृषि क्षेत्रलाई अगाडि बढाउन लागेको बताउनुहुन्छ ।
आधुनिक प्रबिधिले युक्त च्याउ खेती बीउ राखेको २२ दिनमा प्लास्टिक काट्ने र एक महिनामा खान योग्य हुन्छ । एक लटको खान थालेपछि ३ लटसम्म फल्ने हुनाले सोचेभन्दा नि बढी फाइदा हुने देखिन्छ।
अहिले फर्ममा ६ण्ण् के जि च्याउको बीउ उत्पादन तयारिमा राखिएको संचालकले बताउनु भयो । यो खेती गर्न झन्झटिलो भएता पनि आधुनिक प्रबिधि र अहिलेको आवश्यकतालाई मध्यनजर गरि संचालन गरिएको हो ।
यता आधुनिक प्रबिधिले युक्त च्याउ खेती गरिएको पाइएपछि स्थानीय सरकार, प्रदेश सरकारले सहयोग गर्ने बताइएको छ ।
प्रदेश सांसद विष्णु पन्थीले युवाहरुले गरेको यो आधुनिक प्रबिधिले युक्त च्याउ खेती जस्तो सराहनीय कार्यको प्रशसा गर्नुभयो । उहाँले युवाले गरेको यस कृषि कार्यको लागि ब्यक्तिगत र प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।


प्रतिक्रिया