

चीनमा एक हजार वर्षयताकै ठूलो वर्षा





काठमाडौँ
बाढीका कारण चीनको हेनान प्रान्तमा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन् । तीमध्ये एक दर्जनको प्रान्तीय राजधानी झेङझौउमा रहेको रेलको ‘सब–वे’मा छँदा मृत्य भएको हो । चिनियाँ अधिकारीहरूले हेनानमा भइरहेको वर्षालाई एक हजार वर्षयताकै सबैभन्दा ठूलो वर्षा भनेका छन् ।
वर्षका कारण झेङझौउमा रेल तथा सडक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको छ । त्यस्तै, बाँध तथा जलाशयमा पानीको सतह अत्याधिक रुपमा बढेकाले स्थानीयलाई थप सतर्क रहन भनिएको छ । त्यस्तै, झेङझौउबाट करिब एक लाख नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
एक करोड २० लाख जनसंख्या रहेको झेङझौउ चिनियाँ राजधानी बेइजिङबाट जम्मा छ सय ५० किलोमिटर पर छ । जहाँका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । पानीले भरिएका सडकमा सवारी साधन डुबेका छन् भने रेलको ‘सब–वे’ मा कर्मचारीहरु छाती बराबरको पानीको भेलबाट सुरक्षित हुन खोजिरहेका देखिन्छन् ।
गत साताबाटै भइरहेको वर्षका कारण हेनानका अन्य सहर पनि प्रभावित बनेका छन् । यल्लो नदीको किनारमा रहेको गोङ्गीमा पनि लगातारको वर्षा र पानीको भेलका कारण कयौँ घर ढलेका छन् भने महत्वपूर्ण पूर्वाधारमाथि पनि क्षति पुगेको छ ।
सात मानिस अझै पनि हराइरहेको हेनानमा थप तीन दिन वर्षा भइरहने अनुमान गरिएको छ । प्रभावित बस्तीमा नागरिकको उद्धारका लागि चिनियाँ सरकारले ५७ सय सैनिक जवान खटाएको छ ।
केही दिनयता पशिचम युरोपका मुलुकहरू अत्याधिक वर्षाका कारण पीडामा रहेका बेला चीन पनि उस्तै समस्याको शिकार बनेको हो । पछिल्लो समय अमेरिका र क्यानाडा पनि बर्षा र बाढीको चपेटामा परिरहेका छन् । यसलाई वैज्ञानिकहरुले विश्वव्यापी तापक्रम वृद्धीको असर भएको बताएका छन् ।
‘यस किसिमको वर्षा भविष्यमा पनि पटक पटक हुनेछ । त्यसकारण वातावरणमा आएका परिवर्तनका कारण सिर्जित समस्याहरुसँग जुध्न सबै सरकारले योजना बनाउनुु पर्छ,’ हङकङबाट प्राध्यापक जोनी चानले रोयटर्ससँग भनेका छन् । रोयटर्सको सहयोगमा


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया