रोटरी क्लब कपिलवस्तुको २०२१–२२ का अध्यक्ष भाटलाइृ पद हस्तान्तरण

कपिलवस्तु

कपिलवस्तु जिल्लाको रोटरी क्लब अफ कपिलस्तु मिड टाउन वर्ष २०२१–२२ को अध्यक्षमा युवा समाजसेवी एवम् व्यवसायी माधव भाटलाई वर्ष २०२०–२१ का अध्यक्ष नरेस पौडेलले पदभार हस्तान्तरण गर्नुभएको छ ।

कपिलबस्तु जिल्लामा सशक्त सामाजिक संस्थाको रुपमा आफ्नो परिचय बनाउन सफल रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनलाई आगामी दिनमा अझ सशक्त तरिकाले अगाडि बढाउने प्रतिबद्धता साथ अध्यक्ष भाटले रोटरी वर्ष २०२१–२२ मा शिक्षा , स्वास्थ र इन्भारमेन्ट्का कार्यक्रममा बढी प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । भाटले कपिलस्तु जिल्लाको सेवामा केही इट्टा थप्न सकिन्छ कि भनेर स्वार्थभन्दा माथि उठेर नै यस क्लबमा आफू जोडिएको बताउनुभयो ।


भाटको नेतृत्वमा वर्ष २०२१–२२ का लागि क्लबको आइ.पि.पि.मा नरेश पौडेल, इलेक्ट प्रिजडेन्टमा मोहन बेल्बासे, प्रिजडेन्ट नोमिनी गिरिजार पौडेल, भ्वाइस प्रिजडेन्ट फस्ट गरिराज कँडेल, भ्वाइस प्रिजडेन्ट सेकेन्ड विष्णुमाया श्रेष्ठ, भ्वाइस प्रिजडेन्ट तर्थ बद्री काफ्ले, भ्वाइस प्रिजडेन्ट फार्थ लेखा शर्मा घिमिरे, सचिव श्याम कुमार गुप्ता, कोषाध्यक्ष सुष्मा खाँण, क्लब एडमिनिष्टर चेयर नारायण पाण्डे, सर्विस प्रोजक्ट नारायण पाण्डे, पब्लिक रिलेजन अन्जु अधिकारी, मेम्बरसिप डाइरेक्टर इन्दिरा तिमिल्सिना, युथ सर्विस बाबुराम अर्याल, टिआर.एफ. चयेयर बिरेन्द्र श्रेष्ठ, लिटरेची टिच कमिटी विष्णु प्रसाद अर्याल, सर्जेन्ट एट आर्मस फस्ट टि.वि. श्रेष्ठ, सम्पादक रामजी सेन, सह कोषाध्यक्ष अनुदेवी पौडेल, सह सम्पादक कृष्ण प्रसाद घिमिरे, सह–सचिव दिल बहादुर सुनार, सर्जेन्ट एट आर्मस सेकेन्ड राजन कालीराज, क्लब मेन्टर दिपेन्द्र चन्द, वेव मास्टर सोनिस्ता लामा चन्द, सल्लाहकार नन्द किशोर शुक्ल र प्रस सल्लाहकार कृष्ण प्रसाद पौडेल रहनु भएको छ ।पाँचौ पद हस्तान्तरण तथा सफथ कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद एवम् क्लबका मानार्थ सदस्य विष्णु पन्थीले रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको गरिमामलाई अझै माथि लैजान कार्य गर्न भाटको नेतृत्वलाई शुभकामना दिनुभयो ।

सांसद पन्थीले रोटरीले समाजमा पु¥याएको योगदान सराहनीय रहेको बताउँदै समाज परिवर्तनमा सामाजिक संघसंस्थाहरुको उल्लेख्य भूमिका हुने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् रोटरी डिस्ट्रिक ३२९२ का नोमिनी प्रिजडेन्ट राजेन्द्र ध्वजूले कपिलवस्तुमा सामाजिक सेवाभावले रोटरी जन्मिएको र समाज परिवर्तनमा रोटरीको भूमिका विशिष्ट खालको हुनु पर्ने बताउँदै आफूले जन्माएको क्लब भएकाले पनि मिडटाउनलाई जस्तोसुकै सहयोग र सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो ।

गौतम बुद्ध मुटु अस्पतालका अध्यक्ष एवम् न्यु क्लब डेभलपमेन्ट चियर एजाज आलमले रोटरीले स्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण काम गरेको बताउँदै रोटरीकै नेतृत्वमा ३ महिनाभित्र बाणगंगामा डाइलोसिस सेन्टर संचालनमा आउने र रुपन्देहीको पश्चिम क्षेत्र, कपिलवस्तु र अर्घाखाँचीका मृगौला पीडित बिरामीहरुलाई उपचारमा राहत हुने बताउनुभयो ।

रोटरी क्लब अफ कपिलवस्तुका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले समाजमा केही गरौं भन्ने चाहना भएको र रोटरी क्लबको आदर्श मूल्य र मान्यता हेर्दा यसबाट केही गर्न सकिन्छ जस्तो लागेर यस क्लबको स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष नरेश पौडेल, बाबुराम पोख्रेल, राजकुमार क्षेत्री, नारायण पन्थ लगायतले रोटरी वर्ष २०२१र२२ नमूना एवम् सिर्जनशील कार्यकालको शुभकामना दिनु भएको थियो ।

रोटरी वर्ष २०२१ र २२ का अध्यक्ष माधवभाट क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेखा शर्मा घिमिरेको रहेको थियो भने कार्यक्रमको संचालन सयपत्री क्याम्पसका क्याम्पस प्रमुख बासुदेव घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा वर्ष २०२०र२१ का अध्यक्ष नरेश पौडेलले आफ्नो कार्यकालमा विशिष्ट सहयोग गर्ने व्यक्तित्वहरुलाई मायाको चिनोका साथै सम्मान गर्नुभएको थियो । बाणगंगाको मायादेवी रिसोर्टमा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरु लगायत बाणगंगा क्षेत्रका १०० बढी प्रबुद्ध व्यक्तिहहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै