

वामदेव गौतम भने संविधान मान्ने पार्टीले ह्वीप लगाउनुहुँदैन



काठमाडौं
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको व्याख्या संविधानको धारा सोसरह हुने बताएका छन् । धारा ७६ (५) को सरकारका सम्बन्धमा कुनै पनि पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन नहुने नेता गौतमले बताएका छन् ।
एमाले नेता गौतमले रातोपाटीसँग संक्षिप्त कुरा गर्दै भने, ‘ह्वीप लगाउनुहुँदैन भन्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णय हो । इजलासको यो निर्णय मान्नेहरू संविधान मान्ने हुन्, जसले इजलासको निर्णयको विरोध गर्छन्, तिनीहरू संविधान मान्ने होइनन् ।’
संविधानको धारा ७६(५) अनुसार सरकारले विश्वासको मत लिने बेलामा पार्टीसँग मतलब नहुने नेता गौतमले बताए । उनले भने, ‘पार्टीसित यसमा मतलब छैन । नेपालको नेपालको संविधानको धारा ७६ को उपधारा ५ मा धेरै किसिमका भ्रमहरू थिए, सर्वोच्च अदालतले ती सबै भ्रमहरूलाई समाप्त गरिदियो र संवैधानिक इजलासले व्याख्या गर्यो । यो व्याख्या नेपालको संविधानको कुनै पनि धारा बराबर हुन्छ ।’
एमाले नेता गौतमले अगाडि भने, ‘संविधानको धारा ७६(५) को व्याख्या के हो भने संविधान संशोधन नगर्दासम्म त्यसमा ह्वीप लाग्दैन । कुनै पनि संविधान मान्ने पार्टी छ भने त्यो पार्टीले यहाँ ह्वीप लगायो भने गल्ती हुन्छ । संविधान मानेन भन्ने हुन्छ ।’


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया