

गुगलमा ड्राइभ : अडियो प्लेब्याक स्पिड र नोटिफिकेसन कन्ट्रोल फिचर थपियो




काठमाडौं
गुगल इकोसिस्टमको एउटा महत्त्वपुर्ण पाटो हो, गुगल ड्राइभ । आफ्ना फाइलहरू क्लाउडमा स्टोर गर्नका लागि गुगलले १५ जीबीको नि:शुल्क स्टोरेज दिएको हुन्छ । यसअन्तर्गत तपाईं आफ्ना फाइल सेभ गर्नुको साथै फोटोहरू पनि स्टोर गर्न सक्नुहुन्छ ।
तपाईंका फाइलहरू शेयर गर्ने कुरामा पनि गुगल ड्राइभले राम्रो व्यवस्था मिलाएको छ । तर तपाईंको अडियो फाइल शेयर गर्दा भने तपाईंले त्यो अडियो सुन्न मात्र सक्नुहुन्थ्यो डाउनलोड गर्न भने तपाईंलाई अधिकार हुँदैन ।
यद्यपि गुगलले विस्तारै ड्राइभको अडियो फिचरमा अपडेटहरू थप्दै लगिरहेको छ । गुगलले ड्राइभको अडियो फिचरको पछिल्लो अपडेटमा नोटिफिकेसन कन्ट्रोल सिस्टम थपेको छ ।
यसको अर्थ अब तपाईंले गुगल ड्राइभमार्फत कुनै अडियो सुनिरहनु भएको छ भने अब तपाईंले ड्राइभमा नै बसिरहन जरुरी छैन । अब नोटिफिकेसन बारमा नै गुगल ड्राइभको अडियो अन्य एप चलाउँदै पनि सुन्न सकिनेछ । साथै सो अडियो चाहे अनुसार बजाउन र रोक्न पनि सकिन्छ ।
योभन्दा अगाडि गुगल ड्राइभमा अडियोको लागि यो फिचर उपलब्ध थिएन । हुन त कसैले पनि गुगल ड्राइभलाई अडियो सुन्नको लागि मेन एपको रुपमा प्रयोग गर्दैन ।
त्यसैले यसले प्रयोगकर्तालाई खासै प्रभाव नगरे पनि केही समयमा अन्य एप प्रयोग गर्दै ड्राइभको अडियो सुन्नुपर्ने अवस्थामा भने यो धेरै उपयोगी हुनेछ । यसका लागि तपाईंले आफ्नो गुगल ड्राइभ गुगल प्ले स्टोरबाट अपडेट गराउन सक्नुहुनेछ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया