

दुनियाँकै रहस्यमय ठाउँ ‘एरिया ५१’, जहाँ एलियन्स आउने दाबी गरिन्छ



तपाईंमध्ये कतिले हलिउडको लोकप्रिय फिल्म म्यान इन ब्लाक हेर्नुभएकै होला । उक्त फिल्ममा आम मानिसहरुभन्दा टाढा अमेरिकी सरकारको एक गुप्त ठाउँ रहेको र त्यहाँ एलियन्स आएर बस्ने गरेको देखाइएको छ ।
यो फिल्म हेरिसकेपछि यो प्रश्न उठ्छ कि आखिर के यथार्थमा दुनियाँमा यस्तो ठाउँ छ जहाँ गोप्यरुपमा एलियन्स आएर बस्ने गर्दछ ?
फिल्ममा वर्णन गरिएजस्तै झण्डै मिल्दो एउटा ठाउँ हो एरिया ५१ । केही मानिसहरु यो ठाउँमा अमेरिकी सरकारले गोप्य रुपमा एलियन्सलाई लुकाएर राखेको दाबी गर्दछन् । साथै यो ठाउँमा अमेरिकाले एलियन्समाथि धेरै प्रयोगहरु पनि गर्ने गरेको दाबी गरिन्छ ।
एरिया ५१ अमेरिकाको नेभादामा रहेको छ । यो ठाउँ संसारकै सबैभन्दा रहस्यमय ठाउँमध्ये एक हो । एरिया ५१ को बारेमा विभिन्न लोकप्रिय डकुमेन्ट्री तथा फिल्महरु बनिसकेका छन् ।
वास्तवमा एरिया ५१ अमेरिकाको सैन्य अड्डाको उपनाम हो । यो क्षेत्र निकै दुर्गम तथा रहस्यमय छ । यो गोप्य स्थानमा केवल अमेरिकी सैनिकहरु मात्र देखा पर्दछन् । यो गोप्य स्थानबाटै अमेरिकी सरकारले आफ्ना कैयन् गोप्य मिसनहरुको योजना तयार गर्ने र कार्यान्वयन गर्ने बताइन्छ । विशेषज्ञहरुका अनुसार यो ठाउँमा अमेरिकी सरकारका यस्ता कैयन् गोप्य तथा रहस्यपूर्ण तथ्यहरु लुकाइएका छन् यदि त्यसको पर्दाफास भएमा संसारमै तहल्का मच्चिन सक्दछ ।
हुनछ आधिकारिक रुपमा एरिया ५१ लाई सैनिक प्रशिक्षण स्थल तथा एयरफोर्स फ्यासिलिटी सेन्टरका रुपमा मानिन्छ । तर विशेषज्ञहरुका अनुसार यो ठाउँमा अमेरिकी वैज्ञानिकहरुले अन्य ग्रहबाट आएका एलियन्समाथि अनुसन्धान गर्दछन् । यो ठाउँको आसपासमा यदि कोही बाहिरी मानिस देखिएमा त्यसलाई गोली हान्ने आदेश हुन्छ ।
एरिया ५१ का बारेमा मानिसहरुलाई तबमात्र थाहा भयो जब सन् १९६७ मा सीईआएका निर्देशकले भुलबस एउटा मेमो लिक गरे । उक्त मेमोमा एरिया ५१ को बारेमा जानकारी दिइएको थियो ।
एरिया ५१ आसपासको ठाउँ अहिले निर्जन छ । तर पहिले यस्तो थिएन । त्यहाँ ठूलो संख्यामा मानिसहरुको बसोबास थियो । अमेरिकी सरकारले जब आफ्नो विशेष प्रयोगका लागि यो क्षेत्रलाई कब्जा गर्यो तब सन् १९५५ मा यहाँको मानव बसोबास पूर्ण रुपमा खाली गराइयो ।
एरिया ५१ को आसपासका क्षेत्रमा पनि उच्च गोपनीयता कायम राखिन्छ । त्यहाँ कुनै पनि आम मानिसलाई यत्रतत्र घुम्न दिइँदैन । उक्त ठाउँका भनिएका कैयन् यस्ता भिडियोहरु सोसल मिडियामा भाइरल छन् जसमा अनौठा जीवहरु देखिन्छन् । ती जीव अन्य ग्रहबाट आएका एलियन्स जस्ता लाग्दछन् ।
एजेन्सी
- अनलाईन खबर


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया