

सडक बनाइरहेका तीन चिनियाँसहित पाँच जना अपहरणमा



एजेन्सी
अफ्रिकी मुलुक मालीमा सडक बनाउन गएका तीन चिनियाँ नागरिकसहित पाँच जना पक्राउ परेका छन्।
मालीको सेनाले दिएको जानकारीअनुसार शनिबार दक्षिण पश्चिम मालीमा सडक बनाइरहेका दुई मौरिटेनियाका नागरिकसहित उनीहरूलाई अपहरण गरिएको हो।
अपहरणकारीले चिनियाँ निर्माण कम्पनी कोभेक र मौरिटानियन कम्पनी एटिटिएमका क्रेन, डम्प ट्रकलगायतका सामग्रीमा पनि क्षति पुर्याइदिएका छन्।
अपहरणमा परेकाहरू सबै उक्त क्षेत्रमा सडक निर्माणको काममा लागेका थिए।
‘अब उनीहरूको रिहाइ नै हाम्रो प्रमुख प्राथमिकता हो,’ एक जना सैनिक अधिकारीले भनेका छन्।
मौरिटेनियाको अल-अखबर न्युज एजेन्सीका अनुसार बन्दुकधारीहरू मोटरसाइकलमा आएका थिए र निर्माणस्थलमा आक्रमण गरेका थिए। उनीहरूले इन्धन ट्यांक र निर्माण सामग्री जलाएर कामदारलाई अपहरण गरेर लगेका थिए।
मालीमा सन् २०१२ यता इस्लामिस्ट विद्रोहीहरूले प्रभाव बढाएका छन्। उनीहरू छिमेकी बुर्किना फासो र निजरमा पनि पुगेका छन्।
हिंसात्मक घटनामा अहिलेसम्म हजारौं मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन्।
विद्रोहीहरूले बेलाबेलामा विदेशी र मालीका नागरिकको अपहरण गरिरहन्छन्।
चार दिनअघि पाकिस्तानमा बसमा बम बिस्फोट हुँदा ९ जना चिनियाँसहित १२ जनाको मृत्यु भएको थियो।
बुधबार खाइबर पख्तुनख्वा प्रान्तको दसु हाइड्रो पावर प्लान्टनजिकै भएको बिस्फोटमा परी ९ जना चिनियाँ इन्जिनियरसहित १२ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया