

विभिन्न हातहतियार सहित ४ जना पक्राउ



कपिलवस्तु
बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन् । उनीहरूको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले टिकारामको घरबाट २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद, गुम बहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तु नगरपालिका-११ जहदी चोकबाट ‘मेड इन युएसए’ लेखिएको लोडेड पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्ड सहित सोही ठाउँ बस्ने ३६ वर्षीय मन्नु यादव भन्ने माथेश्वर प्रसाद यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
युपि ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक यादवलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया