
२०२५ सम्ममा ७० प्रतिशत गाडी विद्युतीकरण गर्ने जिपको लक्ष्य

एजेन्सी
अमेरिकी अटोमोबाइल कम्पनी जिपले आगामी दिनमा विद्युतीय एसयुभीहरू निर्माणमा जोड दिने बताएको छ। कम्पनीले सन् २०२५ सम्ममा आफ्नो सम्पूर्ण उत्पादनमध्ये ७० प्रतिशत गाडीलाई विद्युतीकरण गर्ने अपेक्षा गरेको अटो हिन्दुस्तानले लेखेको छ।
अटो हिन्दुस्तानका अनुसार सन् २०२५ सम्ममा जिपले सार्वजनिक गर्ने हरेक सेग्मेन्टमा एक पूर्ण विद्युतीय मोडलको गाडी निर्माण गर्नेछ।
जिप ब्रान्डका सिइओ क्रिस्टिन मनुयरले कम्पनीको पोर्टफोलियो नयाँ क्षेत्रहरूमा विस्तार गर्ने बताएका छन्।
कम्पनी यतिबेला थ्री–रो जिप ग्य्राण्ड चेरोकी एलमा काम गरिरहेको छ। योसँगै जिपले प्रिमियम एसयुभी बजारमा एक नयाँ पकड लिन मद्दत पुर्याउनेछ। कम्पनी नयाँ मोडल वागेनियर र ग्य्राण्ड वागेनियर निर्माणमा पनि लागिपरेको छ।
‘विश्वव्यापी बजारको लागि नयाँ परिचय भनेको जिपको नयाँ ग्य्राण्ड चेरोकी हो। जसमा पहिलो पटक हाइब्रिड ४ एक्सई प्रविधि हुनेछ। सन् २०२५ सम्ममा हामी हरेक एसयुभीको सेग्मेन्टमा वातावरण मैत्री विद्युतीय जिप ४ एक्सई निर्माण गर्नेछौं,’ सिइओ क्रिस्टिनले भने।
जिपले सन् २०२५ सम्ममा निर्माण हुन सक्ने गाडीको विवरण देखाउँदै एउटा भिडिओ पनि सार्वजनिक गरेको छ।
जसमा जिपको भविष्यका गाडीहरू निकै सानदार र प्रविधिले भरिपूर्ण हुने देखाइएको छ।
भिडिओमा गाडीमा मल्टी–पावर पोर्ट, गाडी खोल्न बायोमेट्रिक फेस रिकग्निसन, कच्ची बाटोमा समेत गाडीको टायरको प्रदर्शन, एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न मिल्ने प्रविधिलगायत देखाइएको छ। त्यस्तै, आगामी दिनमा जिपको एसयुभी ड्रोनसँग समेत जोड्न मिल्ने देखाइएको छ।
जिप सन् १९४१ को जुलाईमा स्थापित अमेरिकी अटोमोबाइल कम्पनी हो। यसले जुलाई १५ मा आफ्नो ८० औं वार्षिकोत्सव मनाउँदैछ। विगत ८० वर्षमा कम्पनीले आफ्नो उत्पादन संसारको विभिन्न देशमा पुर्याएको छ।
नेपालमा समेत जिपले आफ्नो बजार विस्तार गर्दैछ। हालै मात्र जिपको नयाँ कम्पास मोडल सार्वजनिक भएको छ। नेपालका लागि जिप एसयुभीको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले झन्डै दुई साता अघि नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया