

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं
नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ ।
शुक्रबार दिउँसो दुई बजे पूर्वपदाधिकारीसहित बस्ने बैठकमा महाधिवेशनको तयारी, सरकारको प्रभावकारिताका बारेमा छलफल हुने जनाइएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार निर्वाचन निर्देशिका र क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ ।
बैठकमा क्रियाशील सदस्यता छानविन समितिले अहिलेसम्म गरेको कामको विवरण पेश गर्ने र विवादित क्षेत्रको समस्या सुल्झाउन पदाधिकारीलाई जिम्मा लगाउने बुझिएको छ ।
‘हामी सभापतिज्यूलाई अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउँछौं र अन्तिम प्रतिवेदन बुझाउनका लागि समय माग्छौं,’ समिति संयोजक रमेश लेखकले भने, ‘विवादित क्षेत्रबारे निर्णय गर्ने जिम्मा पदाधिकारीलाई नै दिन्छौं ।’
समितिले बिहीबारसम्म १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाएको छ । २२ वटा निर्वाचन क्षेत्रमा जटिल खालको विवाद देखिएकाले आवश्यक निर्णयका लागि पदाधिकारीलाई जिम्मा दिने समितिको तयारी छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया