

जीडीपीलाई बैंकहरूको कुल निक्षेपले उछिन्यो



काठमाडौं
पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी देखिएको छ । कुल कर्जा र बजार पूँजीकरण पनि जीडीपीको आकारलाई टक्कर दिनेतर्फ अग्रसर भएको देखिन्छ ।
केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७७/७८ को प्रारम्भिक आँकडाअनुसार नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब छ । तर, बैंक तथा वित्तीय संस्थाहरूको चालू आवको जेठसम्ममा कुल निक्षेप संकलन ४५ खर्ब १० अर्ब पुगेको छ । जीडीपीभन्दा बैंकहरूको निक्षेप ५ दशमलव ७२ प्रतिशतले बढी भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले चालू आवको जेठसम्मको निक्षेपलाई आव २०७६/७७ को जीडीपीसँग तुलना गर्दा जीडीपीभन्दा निक्षेप १४ दशमलव ३४ प्रतिशत बढी रहेको देखाउँछ । गत आवको जीडीपीको आकार चालू आवभन्दा कम अर्थात् रू. ३९ खर्ब ४३ अर्ब हाराहारीमा रहेको थियो ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निक्षेप रू.३९ खर्ब ९३ अर्ब ८९ करोड रहेको छ । यस्तै, १८ ओटा विकास बैंकको कुल निक्षेप ४ खर्ब १५ अर्ब ७६ करोड रहेको छ भने २० ओटा वित्त कम्पनीहरूको निक्षेप रू. १ खर्ब ७२ करोड रहेको छ ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया