गरिबको पिडामा मलम लगाउदै स्वास्थ्य सेवा केन्द्र र वडाध्यक्ष अधिकारी

कपिलवस्तु

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ उत्तमनगर का कमजोर आर्थिक अवस्था रहेकका चुलबुल थारुलाई खाट हस्तान्तरण गरिएको छ ।

लामो समय देखि बिरामी थारु वर्षायमको समयमा विभिन्न किराकिरि, सर्प लगायत विभिन्न जोखिम जिवहरुको त्रास हुदाँ पनि भुइको चिसो मा खाडिएको अवस्था अवलोकन गर्दै स्वास्थ सेवा केन्द्र उत्तमनगर को ब्यबस्थापन समिती को बैठक मा उपस्थित स्वास्थ्य सेवा केन्द्र ब्यबस्थापन समिती एबम वार्ड अध्यक्ष बालकुमारी पन्त ज्यु ले उक्त खाट हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रगति टोल बिकास का अध्यक्ष अन्जना पहराइ,ब्यबस्थापन समिती सदस्य बुद्दी सागर बेल्वासे, हरिकला सार्की, स्वास्थ सेवा केन्द्र का प्रमुख इस्वरा पन्थी लगायतका अन्य कर्मचारी एबम गाउँ बासिको उपस्थिति मा चुलबुल थारु कि धर्मपत्नी लाई उक्त खाट प्रदान गरेको हो । खाट पाएपछि थारुले वडाध्यक्ष अधिकारीको प्रशंसा पनि गरेका थिए ।

प्रतिक्रिया

खबर सबै