

आज र भोलि दिउँसोपछि पानी पर्ने सम्भावना, प्राकृतिक विपद्मा परेर ३ महिनामा ११४ जनाले ज्यान गुमाए


काठमाण्डाै
अहिले देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ । आज र भोलि लगातार झरी पर्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् । बिहान र दिउँसोको समयमा पानी नपरे पनि बेलुका र रातिको समयमा पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै यी प्रदेशमा चट्याङ्ग पर्ने सम्भावना पनि रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ । नेपालमा जेठमा मनसुन भित्रिएको थियो ।
गृह मन्त्रालयका अनुसार पछिल्लो तीन महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको ज्यान गएको छ । वैशाख १ गतेदेखि हिजोसम्मको तथ्याङ्कले पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको देखाएको छ । यस्तै, चट्याङ्गबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।
यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन् ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया