

रुपन्देहीको कोटहिमाईबाट ११ जना जुवाडे पक्राउ



बुटवल ।
रुपन्देहीको कोटहिमाईमा प्रहरीले १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ गरेको छ । सूचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्ने जुवाडेहरुमा रुपन्देहीको कोटहीमाई गाउँपालिका ३ का मोहमद अन्सारीको घरमा जुवा खेलिरहेका धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, विशाल यादव, मोहमद सरिफ जोलहा, सुरज यादव, निरज कुमार यादव, संजय जैशवाल , मायादेवी गाउँपालिका ५ का भगवानदाश कुर्मी, सोनु मल्लाह, समिर धुनिया र घनश्याम यादवलाई पनि जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।
पक्राउ परेका जुवाडेहरुबाट प्रहरीले नगद १ लाख ६८ हजार ९०५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल १० थान, गड्डी तास र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको बोरा १ थान बरामद गरी थियो । उनीहरु विरुद्ध जुवा ऐन अनुसार कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया