

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर ! अख्तियारद्धारा आरोप–पत्र दायर



काठमाडौं ।
लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका तत्कालीन खरिदार सुग्रिम कुर्मीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै उनीविरुद्ध आरोप–पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोप–पत्र दायर गरेको हो ।
आयोगका अनुसार कुर्मीले श्री माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको र बढुवासमेत भएको अनुसन्धानबाट खुलेको छ ।
कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) बमोजिम दण्ड सजाय माग दाबी गर्दै आरोप पत्र दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया