

अदालतको फैसला पछि रुपन्देहीमा विरोध प्रदर्शन


बुटवल
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय वदरको विरोधमा बुटवलमा विरोध प्रदर्शन भएको छ । नेकपा एमालेको युवा संघले ‘गैर संवैधानिक परमादेश खारेज गर’भन्दै विरोध प्रदर्शन गरेको हो ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गरे पछि विपक्षी गठबन्धनमा रहेका ५ दलले समर्थन र सरकार पक्षले असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री ओली गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरी शेर बहादुर देउवालाई २८ घण्टाभित्रमा प्रधानमन्त्रीमा नियुक्ति गर्न पमादेश जारी गरेको छ । अदालतको यो निर्णयको विरोधमा एमालेको युवा संघले आन्दोलन गर्ने बताएको छ ।
यस्तै अदालतको फैसलको समर्थन गर्दै विपक्षी गठबन्धनले बुटवलमा साँझ ७ बजे दिप प्रज्वलन गर्ने तयारी गरेको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया