

माधव नेपालको नजरमा सर्वोच्चको फैसलाका ४ सन्देश



काठमाडौं
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलाको सम्मान र पालना गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।
अदालतको फैसला स्वागतयोग्य भएको बताउँदै एमाले नेता नेपालले रातोपाटीसँग भने, ‘यो फैसलाले सर्वोच्च अदालतको गरिमा र प्रतिष्ठालाई माथि उठाएको छ । यसको सम्मान गर्नु, पालन गर्नु, यसको भावनाअनुसार चल्नु र एउटा राम्रो परम्परा बसाल्नु सबैको कर्तव्यभित्र पर्दछ ।’
पूर्वप्रधानमन्त्री एवं एमाले नेता नेपालको नजरमा अदालतको फैसलाले दिएका सन्देश यस्ता छन्–
१. यो फैसलाले सर्वोच्च अदालतको गरिमा र मर्यादालाई बढाएको छ । संविधानको रक्षा गरेको छ । संविधानको अपव्याख्यालाई रोकिदिएको छ । संविधानको मातहतमा सबै निकायले बस्नुपर्छ भन्ने कुराको प्रष्ट दिशानिर्देश गरेको छ । संविधानभन्दा माथि कोही पनि छैन, संवैधानिक मर्यादाको पालना गर्नुपर्छ भन्दै यसले प्रष्ट केही नजिर पनि स्थापित गरेको छ ।
२. संविधानका बारेमा रहेका कतिपय भ्रम, अन्योल, द्वीअर्थ लगायतका सबै कुरालाई प्रष्ट पार्दै यसपटकको सर्वोच्च अदालतको फैसलाले भूमिका खेलेको छ ।
३. यो फैसलाले संसदलाई फेरि दोस्रोपल्ट ब्यूँताएको छ । यस अर्थमा लोकतन्त्रको पनि रक्षा गरेको छ । राजनीतिक स्थायित्वका निम्ति पनि यसले भूमिका खेल्नेछ ।
४. समग्रतामा यसले सर्वोच्च अदालतको गरिमा र प्रतिष्ठालाई माथि उठाएको छ । यो फैसलाको सम्मान गर्नु, यसको पालन गर्नु, यसको भावनाअनुसार चल्नु र एउटा राम्रो परम्परा बसाल्नु सबैको कर्तव्यभित्र पर्दछ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया