
भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी, ५ करोेड बढीको क्षती

बुटवल
गएराति रुपन्देहीको एक ग्लास हाउसमा आगलागी हुँदा ५ करोेड बढीको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा राती सवा नौ बजे लागेको आगो रातभर निभ्न सकेको थिएन ।
अहिले विहान पनि दुई वटा दमकल घटना स्थल मै रहेको र आगलागी नियन्त्रणमा आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
प्रजिअ तामाङका अनुसार ग्लास हाउसको निकै महङ्गो मुल्य पर्ने फाइवर लगायत सबै जलेर नष्ट भएको छ । रातभर आगो नियन्त्रणका लागि रुपन्देही र छिमेकी जिल्लाको समेत जनशक्ति र श्रोत साधन प्रयोग गरियो ।
२० भन्दा बढी दमकलको प्रयोग भएको छ भने नेपाली सेना , शसस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटेपछि विहान ५ बजेतिर आगो नियन्त्रकमा आएको हो ।
जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा विमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगायतका दमकल परिचालन भएका थिए ।
आगलागीबाट पसलका सबै सामग्रीका र दुई तल्ले घर ध्वस्त भएको छ । क्लिपबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको जनाइएको छ ।
घरको माथिल्लो तल्लामा उक्त पसल धनीको परिवार बस्दै आएकोमा उनीहरुलाई सुरक्षाकर्मीहरुले सकुशल उद्धार गरेका थिए । घर पसलमा रहेको नगद, मोटरसाइकल, लगायत गरि ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया