

आईफोनबाट शरीर तथा वस्तुको तापक्रम मापन गर्न सकिने प्रविधि ल्याउँदै एप्पल



काठमाडौं
एप्पलले यस्तो क्यामेरा प्रविधिमाथि अनुसन्धान गरिरहेको छ, जसले फोटो खिचेकै भरमा सम्बन्धित वस्तुको तापमान बताउन सक्छ । यसका लागि आईफोनले इमेज प्रोसेसिङ मार्फत तापमान निर्धारण गर्नेछ ।
एप्पल इन्साइडरको रिपोर्टअनुसार एउटा नयाँ पेटेन्ट एप्लिकेसनमा आईफोन तथा आईप्याड लगायतका डिभाइसबाट प्रयोगकर्ताको स्वास्थ्यको निगरानी गर्न सकिने फिचर उल्लेख छ । जसअनुसार तापमान मापनका लागि क्यामेरा अट्याचमेन्ट तथा इमेज डेटा प्रोसेसिङ कुनै पनि वस्तुको तापमान मापनसँग सम्बन्धित छ ।
पेटेन्ट निवेदनमा भनिएको छ, ‘स्मार्टफोनको विश्वव्यापी प्रकृति हेर्दा अट्याचमेन्टको उपयोगमार्फत स्मार्टफोनलाई तापमान मापन गर्ने उपकरणको रुपमा सहजै उपयोग गर्न सकिन्छ ।’
शब्दमा बताइएको र चित्रमा देखाइएको अट्याचमेन्ट ओलोक्लिप लेन्स सिस्टम जस्तो देखिन्छ । यस्तो अट्याचमेन्ट क्यामेराको स्थायी हिस्साको रुपमा नभई प्रयोगकर्ताले तापमान मापन गर्न चाहेको खण्डमा यसलाई अस्थायी रुपमा जोड्न सक्नेछन् ।
उदाहरणका लागि यो एक प्रकारको क्यामेरा अट्याचमेन्ट जस्तो हुनसक्छ । जसलाई क्यामेरासँग जोड्नका लागि कन्फिगर गरिएको फ्रेम हुनसक्छ । रिपोर्टमा बताइएको छ कि, फ्रेम लेन्सका लागि माउन्टिङ विधिभन्दा भिन्न हुनेछ । जुन तापक्रम मापन प्रक्रियाको महत्वपूर्ण हिस्सा हुनेछ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया