

कावासोतीमा कलभर्ट बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध





चितवन
नवलपुरको कावासोतीमा बाढीले पुर्याएको क्षतिका कारण बिहीबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सन्चालनमा आउन सकेको छैन ।
डिभिजन वन कार्यालय कावासोती अगाडिको कलभर्ट बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । हाल सो स्थानमा ह्युमपाइप राखेर ग्राबेल गरेर मर्मतको काम भइरहेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए । आजैबाट राजमार्ग सुचारु गराउने गरी काम भइरहेको उनले बताए ।
बाटो अवरुद्ध भएपछि सयौं गाडीहरु बीच बाटोमै रोकिएका छन् । राजमार्गमा क्षति पुगेका स्थानबाट मोटरसाइकलसमेत चलाउन रोक लगाइएको छ ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि डिभिजन वन कार्यालय नजिकबाट दक्षिणतर्फ रिठ्ठे पानी हुँदै लोकाहा पुल निस्किने घुमाउरो कच्ची बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । तर यो घुमाउरो बाटोमा पनि ठूला र लोड गाडीहरु चल्न नसक्ने डिएसपी गिरी बताउँछन् ।
यसैबीच विनय त्रिवेणी खोलाको भंगालोमा परेर बिहीबार अड्किएका केही व्यक्तिहरुलाई प्रहरीले उद्धार गरेको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया