

इसेवा र सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं
पछिल्ला दिनमा व्यापक रूपले रेमिट्यान्स बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफर र बेलायतस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै बेलायत, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ।
विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्।
नेपालीहरूले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ। साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ।
सिफ्ट अन्तराष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो। सो कम्पनीले विश्वभर सजिलो, सुरक्षित र किफायती तरिकाबाट रेमिट्यान्स सेवा दिँदै आएको छ। सिफ्टले समय र दूरी अवरोधलाई पार गराइ द्रुत रेमिट्यान्स सेवा मार्फत विश्वभरका मानिसहरूको आवश्यकता पुरा गर्दै आएको छ।
सिफ्टसँग ६ महाद्धीपका २ लाख ५० हजार भन्दा बढी स्थानहरूमा नेटवर्क सञ्जाल छ। एशिया, युरोप, अफ्रिका,अष्ट्रेलिया,दक्षिण र उत्तर अमेरिका लगायतका विश्वका धेरै बैंक र एक्सचेञ्ज कार्यालयहरूबाट विप्रेषण पठाउने र भुक्तानीको सेवा दिँदै आएको छ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरूको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। आफ्ना सेवाग्राहीहरूलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया