

गाउँका सिहदरबारमा समस्यै समस्या



काठमाडौं
देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् ।
महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी २ सय २० वटा स्थानीय तह लामो समयदेखि निमित्तका भरमा सञ्चालन भइरहेका छन् । गाउँको सिहदरबारका रूपमा रहेका स्थानीय तहमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती स्थानीय तहले विकासका कार्य तथा सेवा प्रवाहसमेत प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केन्द्रमा उपसचिव र शाखा अधिकृतको अभावका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न कठिनाइ भएको हो ।
कोभिड समस्या तथा पदाधिकारीको अभावमा लोकसेवा आयोगले उपसचिव र शाखा अधिकृतमा पदपूर्ति प्रक्रिया समयमा नै सम्पन्न गर्न नसक्दा केन्द्रीय सरकारमा ठूलो संख्यामा उपसचिव र अधिकृत पद रिक्त रहँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै







प्रतिक्रिया