२५ को एन्टिजेन परिक्षण गर्दा भलवाडमा थपिए १० संक्रमित

भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका विभिन्न टोलका १० जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । भलवाड स्थित कुसुमडाँडामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १० जनामा संक्रमण पुष्टी भएको भलवाड स्वास्थ्य चौकीले जनाएको छ ।
कुल २५ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टी भएको हो भने अन्यको रिर्पाेट नेगेटिभ आएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा केही खुकुलो बताए यता स्वास्थ्य मापदण्ड समेत नागरिकहरुले बिर्संदैैँ जाँदा सक्रमणको दर फेरी बढ्न थालेको जनस्वास्थ्यविदहरुले बताएका छन् ।
मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरे सहित स्वास्थ्यकर्मी शान्ता गौतम सहितको स्वास्थ्यकर्मीहरुको टोलीले आज भलवाडमा एन्टिजेन परिक्षण गरेका थिए । भलवाड स्वास्थ्यचौकी प्रमूख जितविकास रायझीको सहजिकरणमा भलवाडका चौवाह, काईला र भर्तापुर टोलका गरी कुल २५ जनाको परिक्षण गरिएको हो ।

प्रतिक्रिया

खबर सबै