नवलपुरको डण्डा र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टादेखि ठूलो वर्षा

नवलपरासी

नवलपुरको डण्डा र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा ठूलो पानी परेको छ । पत्थरखोला,गिरवारि खोलालगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज तराईका जिल्लाका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्  । अहिले मनसुनी रेखा तराईको भूभाग नजिकै रहेको मौसमविद्ले बताएका छन् । आज हिजो अस्तिको जस्तो लगातारको झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया