उत्कृष्ट शिक्षकका रुपमा कपिलवस्तुका डिलाराम पौडेल

शुसिल गैरे

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेशमा रहेका सामुदायिक बिधालयहरुमा उत्कृष्ट शिक्षक छनौट गरेको छ । २०७८/०१/१८ गते बसेको छनौट समितिको निर्णयले उत्कृष्ट शिक्षकहरु छनौट गरेको हो ।

यता कपिलवस्तु जिल्लाकै शैक्षिक धरोहर सिद्धार्थ स्मारक माध्यमिक बिधालयका प्रधानाध्यापक डिलाराम पौडेल उत्कृष्ट शिक्षक छनौट हुनु भएको छ । जिल्लाका विभिन्न बिधालयमा अध्यापन गराउदै आईरहेका शिक्षकहरु मध्ये पौडेल उत्कृष्ट बन्नु भएको हो ।

कपिलवस्तुको बुद्धभुमी १ भेलाईमा अवस्थित बिधालयका प्र. अ उत्कृष्ट छनौट भएको भन्दै बिधालयमा अध्यनरत विद्यार्थी र शिक्षक अभिभावक , बिधालय ब्यावस्थापन समिति मात्रै हैन सिङ्गो बिधालय परिवारनै खुसी भएको छ ।

प्र.अ पौडेलले आफू मात्रै हैन अब बिधालय लाई नै सर्वोउत्कृष्ट बनाउने अठोट समेत गर्नु भएको छ । आफ्नो शैक्षिक जगतमा लामो अनुभव रहेको बताउदै उहाँले अझै शिक्षा क्षेत्रमा अग्रमोर्चामा रहेर काम गरीने बताउनु भयो । उहाँले सबैभन्दा ठूलो कुरा शैक्षिक गुणस्तर रहेको र स्कुलबाट गुणस्तरमा कमि आउन नदिन आफ्नो अवरात्र प्रयास हुने पनि बताउनु भयो ।

प्रतिक्रिया

खबर सबै