

प्युठानमा एक युवकको हत्या आरोपमा तीन जना पक्राउ



प्यूठान।
प्यूठानमा युवकको हत्यामा संलग्न ३ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। प्यूठान नगरपालिका–१० नेपानेमा सोमबार बिहान मृत भेटिएका २४ बर्षिया हेमन्त भनिने नरेन्द्र पुन मगरको हत्या आरोपमा पक्राउ परेका दुई बालक र एक युवकलाई बिहिबार पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो।
अनुसन्धानका क्रममा स्थानिय बर्ष १५ र १७ को दुई जना बालक र मल्लरानी–३ बस्ने वर्ष १८ को रेमबहादुर घर्तिले नरेन्द्रको हत्या गरेको देखिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताउनुभयो ।
मल्लका अनुसार सामान्य बिवादबाट सुरु भएको घटना कुटपिटमा परिणत हुँदा युवकको हत्या भएको अनुसन्धानका क्रममा पुष्टी भएको छ । दिदिको गोठ बनाउने काम सकेर साँझ प्यूठान –१० पातिहाल्ना घर जाने क्रममा अभियुक्तहरुले बाटो कुरेर नरेन्द्र र उनीसँग रहेका २५ वर्षिय सुरेश बस्नेत माथि आक्रमण गरेको प्रहरी अनुसन्धानको निचोड छ ।
‘काम सकेपछी नरेन्द्र र उनका साथी शुरेसले ढेब्री पसलमा बसेर मादक पदार्थ सेवन गरेका रहेछन।’ ‘प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो,’मादक पदार्थ सेवनपछि दुवैजना घरतर्फ लागेछन । घरतर्फ जाँदै गर्दा बाटोमा अभियुक्तहरुसंग भेट भएछ । दुवै जनाले अश्लिल शब्द प्रयोग गर्दै गाली गलौज गर्न थाले, विवाद बढ्यो । त्यहि विवाद हत्या योजनामा परिणत हुन पुग्यो ।’
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । असार १४ गते विहान नरेन्द्र मृत र शुरेस अचेत अवस्थामा फेला परेका थिए ।
लौरोले टाउकोमा आक्रमण गर्दा नरेन्द्रको मृत्यु हुनुका साथै सुरेश घाईते भएको प्रहरीले जनाएको छ । गंभीर घाईते सुरेशको भैरहवामा उपचार भईरहेको छ । अभियुक्तहरु माथी आवास्यक अनुसन्धान भईरहेको प्यूठान प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया