

आजको मौसम : वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-२ का केही ठाउँमा ठूलो वर्षा



काठमाण्डौ
काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-२ का विभिन्न ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । लगातारको वर्षासँगै नारायणी नदीमा बाढीको जोखिम बढेको छ ।
लमजुङको रैनासटार, तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
आज दिनभर नै प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पर्सिसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन यसअघि नै आग्रह गरिसकेको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया