

एमालेको राष्ट्रिय परिषद : बादल समूहले ५६० जनाको नाम पठायो



काठमाडौं
आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ ।
शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको हो ।
अब असार १६ गते बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले परिषदका सबै नामहरु टुंगो लगाउने एमालेका एक नेताले बताए । ती नेताले भने, ‘पूर्वमाओवादी साथीहरुले परिषदमा राख्नका लागि ५६० जनाको नाम पठाउनुभएको छ, १६ गते आयोजक समितिको बैठकबाट सबै नामहरुको टुंगो लाग्छ ।’
राष्ट्रिय प्रतिनिधि परिषद केन्द्रीय समितिको मातहतमा रहने संरचना हो । यो परिषदका सदस्यहरु काँग्रेसका महासमिति सदस्यजस्तै हुने ती नेताले बताए ।
गत पुस ५ मा संसद विघटन गरेपछि ओलीले ११९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका थिए । तर, दोस्रोपटक संसद विघटन गर्ने बेलासम्म आइपुग्दा २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइयो र ११९९ मध्येका बाँकीलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा परिवर्तन गरियो ।
परिषदमा केन्द्रीय सदस्यहरुसमेत पदेन सदस्य हुने भएकाले हाल एमालेको राष्ट्रिय प्रतिनिधि परिषद ११९९ सदस्यीय नै छ । यसमा ५६० जनाको नाम थप्न पूर्वमाओवादीले माग गरेको छ ।
आइतबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटीको बैठकमा राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीका नेताहरुको नाम थप्नेबारे छलफल भएको स्रोतले बतायो । अब असार १६ गते बस्ने आयोजक समितिको बैठकले परिषदमा ती नामहरु थप गर्ने एमाले का एक नेताले बताए ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीको नेतृत्वमा भएका एकलौटी निर्णयहरु खारेज हुनुपर्ने माधव नेपाल पक्षले माग गरिरहेकै बेला ओली पक्षले महाधिवेशन आयोजक समितिको बैठक राखेर विधानमा व्यवस्था गरिएअनुरुप राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीलाई थप गर्न लागेको हो ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया