

वेस्ट इन्डिजसँगको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित

काठमाण्डाै
वेस्ट इन्डिजसँगको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित भएको छ । गएराति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६१ रनको लक्ष्य वेस्ट इन्डिजले ३० बल अगावै भेट्टायो ।
वेस्ट इन्डिजका लागि इभिन लेविसले ७१ रनको योगदान गरे भने क्रिस गेलले ३२, आन्द्रे फ्लेट्चरले ३० र आन्द्रे रसेलले २३ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज शामीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ५६, क्विन्टन डी ककले ३७ रन, टिम्बा बाभुमाले २२ र रिजा हेन्ड्रिक्सले १७ रन बनाए । वेस्ट इन्डिजका फाबियन एलन र ड्वाने ब्राभोले २/२ विकेट लिए ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?









प्रतिक्रिया