

८२ वर्ष पुरानो आफ्नै कीर्तिमान तोड्ने दाउमा इटली

काठमाडौं
युरोकप २०२० मा आजदेखि नकआउट चरणका खेल हुँदैछन् । अन्तिम १६ को दोस्रो खेलमा शनिबार राति इटलीले अष्ट्रियासंग प्रतिस्पर्धा गर्दैछ । खेल लण्डनस्थित वेम्बली मैदानमा नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
इटली समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा तीन खेल जित्ने तीन टिममध्ये एक रहेको इटली गोल नखाने एक्लो टिम हो ।
उता पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रिया भने समूह सी को उपविजेता बनेको थियो । इटलीले समूह चरणमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३(० ले र वेल्सलाई १(० ले पराजित गरेको थियो ।
उता पहिलो खेलमा नर्थ मेसेडोनियालाई ३(१ ले पराजित गरेको अष्ट्रिया दोस्रो खेलमा नेदरल्याण्ड्ससंग २(० ले पराजित भएको थियो । तेस्रो खेलमा युक्रेनलाई १(० ले पराजित गरेपछि अष्ट्रिया समूह उपविजेता बन्दै पहिलो पटक अन्तिम १६ मा पुगेको हो ।
समहू चरणमा उत्कृष्ट प्रदर्शन गरेको इटलीले अष्ट्रियाविरुद्ध खेल्दा एउटा कीर्तिमानमा समेत नजर लगाउनेछ । इटली अहिले ३० खेलमा अपराजित छ । वेल्सलाई हराएपछि इटलीले सन् १९३५ देखि १९३९ सम्मको ३० खेलमा अपराजित रहेको आफ्नै कीर्तिमानसँग बराबरी गरेको थियो । अष्ट्रियाविरुद्ध जित हात पारे इटलीले आफ्नै कीर्तिमान तोड्नेछ ।
अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेलमा अपराजित रहने कीर्तिमान ब्राजिल र स्पेनको नाममा छ । दुवै टिम लगातार ३५ खेलमा अपराजित रहेका थिए ।
इटली र अष्ट्रिया युरोकपमा पहिलो पटक खेल्न लागेका हुन् । यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएका छन् जसमा इटलीले १६ खेल जितेको छ भने अष्ट्रियाले १२ खेल जितेको छ । ८ खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक २००८ मा भएको खेल २-२ को बराबरीमा सकिएको थियो ।
इटली र अष्ट्रियाबीचको खेलको विजेताले क्वार्टरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको खेलको विजेतासंग खेल्नेछ ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?









प्रतिक्रिया