

चीनमा भेटियो मानव जातिकै सबैभन्दा नजिकका पुर्खा “ड्रागन म्यान”



वासिङटन
उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका छन् ।
“ड्रागन म्यान” समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा ‘हर्बिन क्रेनियम’ भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन त्यसलाई ८५ वर्षसम्म इनारमा राखियो ।
पछि २०१८ मा त्यसलाई उत्खनन गरी हेबेइ युनिभर्सिटीका प्राध्यापक जी कियाङलाई हस्तान्तरण गरिएको हो। “हाम्रो विश्लेषण अनुसार हर्बिन समूह अरु भन्दा ज्यादै नजिकबाट मानव जातिसँग सम्बन्धित छ । निएन्डरथल्स भन्दा पनि हर्बिन हाम्रा नजिकका पुर्खा हुन्,” लण्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका अनुसन्धाता क्रिस स्ट्रिंगरले भने ।
स्ट्रिंगरले पछिल्लो ५० वर्षको अवधिमा हर्बिन हड्डी जत्तिको महत्वपूर्ण जीवाश्मा कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन् । “हर्बिन हड्डी पछील्लो ५० वर्षको अवधिमा मैले देखेको सबैभन्दा महत्वपूर्ण जीवाश्मा हो । यसले के देखाउँछ भने पूर्वी एसिया र चीनले मानव कथा सुनाउन कति महत्वपूर्ण छ त ।”
यो नयाँ खोजबारे विस्तृतमा लेखिएका तीनवटा निश्कर्ष सामग्री शुक्रबार द इनोभेशन जर्नलमा प्रकाशित भएका छन् । अनुसन्धान अनुसार होमिनी होमो लोंगी हेइलोङजियाङ क्षेत्र वा ब्ल्याक ड्रागन रिभरबाट आएका थिए ।
उक्त अनुसन्धान अनुसार ती हड्डी कम्तिमा १ लाख ४६ हजार वर्षअघिका हुन् । तिनको नाम ड्रागन म्यान राखिनुको कारण ड्रागन नदीको नाम भएको बताइन्छ ।
अनुसन्धाता स्ट्रिंगरले भनेका छन्, “यसले पूर्वी एसियामा आफ्नै विकासवादी इतिहाससँगै तेस्रो मानव वंशलाई स्थापित गर्छ । र मानव विकासका लागि यस क्षेत्र कति महत्वपूर्ण थियो भनेर पनि देखाउँछ ।”


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया