

अमेरिकी नागरिक फ्लोइडको हत्यामा संलग्न पूर्व प्रहरी चोभनलाई साढे २२ वर्षको जेल सजाय





काठमाण्डाै
अमेरिकामा पक्राउ पर्ने क्रममा ज्यान गुमाएका जर्ज फ्लोइडको हत्यामा दोषी ठहर गर्दै पूर्व प्रहरी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ । गएको वर्ष मिनेशोटा राज्यको मिनियापोलसमा भएको घटनाको बारेमा १४ दिनको सुनुवाइमा ४५ जना साक्षीको बयान तथा पक्ष विपक्षका वकिलको बहसपछि पूर्व प्रहरी डेरेक चोभनलाई दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।
चोभनलाई हिंसात्मक आपराधिक रुपमा दर्ता गरेर जीवनकाल भर बन्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ । अश्वेत अमेरिकी जर्ज फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीले ९ मिनेटसम्म घाँटी थिच्दा उनकाे ज्यान गएको थियो । फ्लोइडको ज्यान गएपछि अमेरिकासहित विश्वका विभिन्न दशेमा रङ्गभेदविरोधी प्रदर्शन भएको थियो ।
फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् । राष्ट्रपति जो बाइडेनले सजाय पर्याप्त देखिएको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया