

पुल नगरपालिकाले बनायाे ,बाटाे हामी बनाउंछाै : मन्त्री पाण्डे



कपिलवस्तु
भाैतिक याेजना तथा पुर्वाधार मन्त्री सन्ताेष पाण्डेयद्वारा कृष्णनगरमा घाेरही पुल उद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा पर्ने घाेरही नदीमा पुललाई आज लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पुर्वाधार मन्त्री संताेष पाण्डेयले उद्घाटन गर्नु भएकाे हाे ।
आर्थिक बर्ष ०७६/७७ मा बजेट विनियाेजन गरि नगरपालिकाकाे छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जाेड्ने घाेरही नालाकाे पुल निर्माण गरिएपछि स्थानीयहरु हर्षित भएका छन । बर्षायाममा शिवानगरकाे श्रीदेवी माविमा पढ्न जाने बिद्यार्थीहरुमा उत्सह थपिएकाे छ । मन्त्री पाण्डेयले पनि याे पुल निर्माण नगरपालिकाले गरेकाे छ अब बाटाे मैले बनाईदिने प्रतिवद्धता गर्नुभएकाे छ ।
कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू अबिकसित गाउंलाई शहरसंग जाेडेर बिकास कार्यलाई तिव्रता दिएकाे बताउनुभएकाे । उनले सुरई खाेलामा झाेलुंगे पुल निर्माण गरि डुमई गाउँलाई शहरसंग जाेडियाे ,साथै चरंगहवा नदी पारीका भारतीय सिमासंग सटेका गाउंलाई शहरसंग जाेड्न पनि प्रदेश सरकारसंग पुलका लागि बजेट माग गरि हाल साे पुल निर्माण भईरहेकाे जानकारी गराए । उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी शैलेष प्रताप शाह , प्रह्लाद पाण्डेय, दिनेशचन्द्र गुप्ता लगायत जनप्रतिनिधि र सर्वासाधारणकाे उपस्थित थियाे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया