

अब कक्षा १२ को परीक्षा फरक मोडालिटीमा



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ ।
बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिए । भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उनको भनाइ छ ।
कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटोसमेत खुल्ने भएकाले कक्षा १२ मा परीक्षा लिनैपर्ने अवस्था रहेको जनाइएको छ ।
विश्वविद्यालयले गत फागुनमा मात्रै स्नातक तहमा नयाँ विद्यार्थी भर्ना गरेका हुन् । कक्षा १२ को परीक्षा फरक मोडालिटीमा हुनेछ । गत वर्ष ४० अङ्कको मात्रै लिखित परीक्षा लिएर कक्षा ११ को परीक्षालाई समेत आधार मानेर कक्षा १२ को अन्तिम नतिजा निकालिएको थियो ।
आन्तरिक मूल्याङ्कनलाई समेत अन्तिम परीक्षामा आधार मानिएको थियो । बोर्डले यसपटक कक्षा १२ को परीक्षाका लागि फरक खालको मोडालिटी बनाउने भएको छ ।
बोर्डका अध्यक्ष पौडेलले यसपटक कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीको कक्षा ११ को परीक्षा बोर्डले नभई विद्यालयले लिएकाले गत वर्षकै जस्तो मोडालिटीमा परीक्षा हुने अवस्था नरहेको स्पष्ट गर्नुभयो । यसपटक परीक्षाका लागि भिन्न खालको मोडालिटी बनाउने बोर्डको गृहकार्य छ ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया