

राष्ट्रपतिलाई गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुखले भेटे



काठमाण्डौँ
गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका हुन् ।
राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बताइएको छ । विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्री सहितका सुरक्षा अधिकारी फर्केका छन् ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया