७०औं स्थापना दिवसका अवसरमा नेपाल स्काउटद्वारा पर्यटकिय स्थल जगदीशपुरमा कार्यक्रमको आयोजना

 राधा पाण्डे/कपिलवस्तु
नेपाल स्काउट लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाका पालिका संयोजकहरुको बैठक महत्वपूर्ण निर्णयका साथ सप्पन्न भएको छ । बैठकले ७०औं नेपाल स्काउटको स्थापना दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ९को पर्यटकिय स्थल जगदीशपुर तालमा सरसफाइ गर्ने कार्यक्रम तय गरेको छ ।
यस्तै नेपाल स्काउट लुम्बिनी प्रदेश कपिलवस्तु पालिका संयोजक सहितको बैठक साउन २ गते बस्ने र सामाजिक क्षेत्रमा विभिन्न स्थान मा खटिनुपर्ने संयोजक र सदस्यहरूलाई कोभिड १९ विरुद्धको खोप नेपाल स्काउट लुम्बिनी प्रदेश स्काउटमा माग गर्ने निर्णय गरेको छ । स्काउटले बिगतका दिनदेखी नै बिपत्तिमा परेकाहरुको उद्दार लगायत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । कोभिडले विश्वलाई नै आक्रान्त पारेको बेला नेपाल पनि अछुतो रहन नसकेको समयमा विभिन्न सूचना, चेतनामुलक साथै परिचयत्मक  कार्यक्रम गर्दै आएको छ ।
नेपाल स्काउट आफैंमा अनुशाशीत संस्था रहेकोले यसले गर्ने कार्यहरु समाजका लागि उल्लेखनीय रहदै आएका छन् । बैठक नेपाल जिल्ला स्काउट संयोजक भगवती न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश समिती सदस्य सन्दीप आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने सम्पुर्ण पालिका संयोजकको उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसरमा हुने कार्यक्रममा स्थानीय, समाजसेवी, बुद्धिजीवी, सङ संस्थाका पदाधिकारी अधिकारकर्मी सम्पुर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

प्रतिक्रिया

खबर सबै