

भलवाडमा डम्पिसाईड बनाउने नगरको योजना बिरुद्ध वाणगंगा ९ का राजनैतिक दलले नगरलाई बुझाए ज्ञापन पत्र



भलवाड
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा फोहोर व्यवस्थापन चुनौती बन्दै गईरहेको बेला केहि दिन अगाडि भएको जग्गा छनौट पुन विवादमा परेको छ ।
नगरपालिकामा बर्षौदेखि रहेको फोहोर ब्यवस्थापनको समस्या समाधान का लागि केही दिन अघिमात्र नगरपालिकाले वडा नः ९ मा डम्पीङ साइड निर्माण गर्ने गरि जग्गा छनौट गरेको थियो । जग्गा छनौट भएको दिन देखि नै भलवाडका विभिन्न व्यक्ति तथा युवाहरुले यसको चर्को बिरोध गरेका थिए ।
स्थानियबासीको सहमतीविनै नगरका केही व्याक्तिले जग्गा छनौट गर्दा सो क्षेत्रलाई असर पुग्ने भन्दै आज भलवाडबाट ६ राजनैतिक दलको तर्फबाट संयुक्त रुपमा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस भलवाडका अध्यक्ष दिपक थापा ले स्थानियको सल्लाहविनै नगरले निणर्य लिनु गलत भएको भन्दै उक्त स्थानमा कुनै हालतमा डम्पिसाईड बन्न नदिने बताए ।
जसपा नेपालका का नारायण खनालले वैकल्पिक ठाउँका विषयमा अध्यननका लागि आफुहरुले पनी सहयोग गर्ने बताए । ज्ञापन पत्र बुझदै मेयर मंगल प्रसाद थारुले २०७४ साल देखि नै जग्गा विवाद हुदाँ नगरको डम्पिसाईड बन्न नसकेको भन्दै विरोध भन्दा विकल्प दिन समेत थारुले सुझाव दिएका थिए ।
फोहार ब्यवस्थापनका लागी वडा नंं. ९ को पहलमा नमुना सामुदायिक बन क्षेत्रभित्रको जग्गा तोकीएको थियो । सो बनक्षेत्रमा जग्गा व्यवस्थापनका लागि सर्वदलिय सहित वनका पदाधिकारी नगरपालिकाको टिम लगाएतका सरोकारवालाले अध्ययन अवलोकन का साथै निणर्य नै गरेर निति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया