झोलुङ्गे पुलबाट खसेर बालक बेपत्ता

रूपन्देही
रूपन्देहीको मर्चवारमा झोलुङ्गे पुलबाट खसेर १ बालक बेपत्ता भएका छन् । मायादेवी गाउँपालिका–५ गोनहास्थित तिनाउ खोलामा रहेको पुलको भाचिएको पट्टाबाट खोलामा खसेर ६ वर्षीय बालक राजु जयसवाल बेपत्ता भएका प्रहरी चौकी शिवपुर खजुरियाका प्रहरी निरीक्षक जितेन्द्र यादवले जानकारी दिए ।

मामा घरबाट आफ्नो घर फर्किंदै गर्दा बिहीवार दिउँसो १२ बजे ती बालक खोलामा खसेका थिए । मृतक बालक आफ्नो मामा र आमासँग कोटहीमाई गाउँपालिका–३ मर्यादपुरमा रहेको मामा घरबाट कोटहीमाई गाउँपालिका–२ पकडी जाँदै गर्दा मायादेवी गाउँपालिका–५ बसहवा र गोनहा घाटमा रहेको झोलुङ्गे पुल पार गरिरहेको समयमा भाँचिएको पट्टाबाट खोलामा खसेका थिए ।

प्रतिक्रिया

खबर सबै