

जसपामा यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्ने



काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको आधिकारितका दाबी गर्न निर्वाचन आयोगमा निवेदन दिने भएको छ ।
समूहको आज काठमाडौँमा बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता पुनः दाबी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै बैठकले लुम्बिनी प्रदेशका चार सांसद सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे, विजयकुमार यादवलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको यादवले जानकारी दिए ।
यादवका अनुसार चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ । बाढी पहिरोको उद्धारका लागि खट्न आफ्ना कार्यकार्तालाई निर्देशन पनि बैठकले दिएको छ । बाढ़ी पहिरो पीडि़तलाई उद्धार र राहत तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया