

बाणगंगा नदिमा आएको बाढीले बनगाई कोपवा जोड्ने कजवेमा क्षेती



तिन दिन देखिको लगातारको वर्षातका कारण कपिलवस्तुको बाणगंगा नदिमा आएको बाढीले बनगाई कोपवा जोड्ने कजवे भत्काएको छ ।
चार वर्षअघि केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि कन्टक्सनले ३ करोड बढी लागत बजेटबाट निर्माण भएको सो कजवे मर्मतमा स्थानिय निकायको समयमै ध्यान नपुग्दा क्षेती भएको स्थानियले बताएका छन् । एक वर्ष अघिदेखि कजवेको साईड र जगभन्दा तलबाट पानी बग्दै आएको भएतापनी सम्बन्धित निकायले समयमै सामान्य मर्मत नगरि वेवास्ता गर्दा क्षती भएको हो ।
बाणगंगा नगरपालिकाले गत २ महिना अगाडी मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र बनगाई कोपवा कजवे नजिकैबाट ठेक्का दिदा अनियन्त्रित उत्खनन्ले पनी कजवे भत्किएको बाणगंगा ५ मनहरापुरका स्थानिय पिताम्बर वि.क ले बताए । प्रदेशको नदिजन्य कार्यविधिमा पुल र कजवे तथा संरचनाबाट ५ सय मिटर माथि र तल १ किलोमिटर भित्र ठेक्का लगाउन नपाउने कार्यविधि भएपनी मापदण्डको धज्जी उडाउदै नगरले कजवे नै मास्ने गरि ठेक्का लगाएको थियो । अहिले सो क्षेत्रमा आवतजावत समेत बन्द भएको छ ।


प्रतिक्रिया