

ट्यांकर चालकलाई आजबाट कोरोनाविरुद्धको खोप


काठमाडौं
पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्तिएका ट्यांकर चालक र सहचालकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन् । उनीहरूको माग पूरा भएसँगै अब गत आइतबारदेखि अवरुद्ध भएको पेट्रोलियम पदार्थको ढुवानी सुचारु हुनेछ । सरकारले बुधबारबाट उनीहरूलाई खोप उपलब्ध गराउने सहमति गरेको छ ।
नेपाल आयल निगम व्यवस्थापन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच मंगलबार भएको वार्तामा बुधबारदेखि खोप दिने सहमति भएको हो । निगमबाट जारी परिचयपत्रका आधारमा प्रादेशिक कार्यालय थानकोटबाट सञ्चालित ट्यांकर चालक र सहचालकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने सहमति भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया