

वाणगंगा नगरले असार २ मा नीति तथा कार्यक्रम ल्याउने



सागर पौडेल/ कपिलवस्तु
बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८-७९ का लागी भोली निति तथा कार्यक्रम ल्याउने भएको छ । आज नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले भोली निति तथा कार्यक्रम र ९ गते बजेट ल्याउने निर्णय गरेको हो ।
आज बसेको बैठकले सगर सभामा प्रस्तुत हुने निति तथा कार्यक्रमलाई सुझावसहित भोली नगर सभामा पेश गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले बताए । त्यस्तै बैठकले असार ९ गते १ बजे नगरपालिकाले बजेट प्रस्तुत गर्ने निर्णय भएको वडा नः २ का वडा अध्यक्ष समेत रहेका नगर प्रवक्ता पौडेलले बताए ।
यस्तै कार्यपालिकाको बैठकले आर्युवेदिक औषधालय निमार्ण र ब्यवस्थापनका लागी मायादेवि रगंशाला छेउमा रहेको करिव २ बिगाह जग्गा भोकाधिकारका लागी दिने निर्णय भएको उप प्रमुख चक्र अर्यालले बताए ।
वडा नः ८ का वडा अध्यक्ष संयोजक रही काम गर्दै आएको बैदेशिक समन्वय समितिलाई पर्यटन प्रर्वद्धन बैदेशिक समन्वय समितिको रुपमा नाम परिर्वतन गरिइएको छ ।
त्यस्तै बाणगंगाको वडा नः ९ मा बन्न लागेको डम्पीङ साइड निमार्णको कार्यलाई तिव्रता दिने निर्णय भएको मेयर मगंल प्रसाद थारुले बताएका छन । नगरपालिकाले कोरोना रोकधाम र नियन्त्रण, अधुरा सबै योजना पुरा गर्ने योजनाका साथ निति तथा कार्यक्रम ल्याउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया