

माओवादी नेता पाण्डे हत्याको मुख्य कारण आफ्नै श्रीमती, मुख्य दोषीसँग नै अनैतिक सम्बन्ध



कपिलवस्तु
कपिलवस्तु (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेको हत्याको मुख्य कारण प्रहरीले खुलाएको छ ।
सोमबार पाण्डे हत्याका मुख्य योजनाकार र संगठित आपराधिक गिरोह सार्वजनिक गर्ने क्रममा प्रहरीले उक्त कुरा खुलाएको हो ।
जिल्ला प्रहरी कपिलवस्तुका अनुसार पाण्डेको हत्या हुनुमा पाण्डकै श्रीमती महिमा पाण्डे प्रमुख दोषि ठहरिएकी छिन् ।
जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले पत्रकार सम्मेलनमा पाण्डेको श्रीमती महिमा पाण्डेले घटनाका मुख्य योजनाकार प्रकाश भन्ने ओम प्रकाश यादवसँग लामो समयदेखि अनैतिक सम्बन्धमा रहेको र त्यो नै हत्याको प्रमुख कारण देखिएको अधिकारीको भनाई रहेको छ ।
प्रहरीका अनुसार करिब ५ बर्ष देखि प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवको र मृतक दीपकको श्रीमती महिमा पाण्डेको बीच भएको अनैतिक सम्बन्धका कारण महिमाका श्रीमान पाण्डेले थाहा पाए पश्चात बिवाद, मनमुटाव सृजना भई यो घटना अनुशन्धानले देखाएको छ ।
दिपकले थाहा पाएपछि पनि उनीहरु बीच अनैतिक सम्बन्ध कायमै रहेको, मृतक दिपकको श्रीमती नै प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक पटक श्रीमान पाण्डेलाई मार्ने योजना बनाई बिगत २-३ बर्ष अघी देखि नै श्रीमानलाई मार्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपार समेत लिएको खुलेको छ । पटक पटक को प्रयास असफल भएपछि लामो निग्रानी पश्चात गत जेठ ५ गते हत्या भएको खुल्लमा आएको हो ।
पक्राउ गरेका व्यक्तिहरुले समेत गोली हानी घाईते बनाएर मार्न सफल भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
हत्यामा संलग्न मुख्य प्रतिवादीहरुलाई हातहतियार सहित र उक्त हातहतियार खरिद बिक्री, ओसार पसार गर्ने कार्यमा संलग्न सबै घटनाका दोषिहरुलाई प्रहरीले सत प्रतिशत पक्राउ गर्न सफल भएको छ ।
उनीहरुलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम कपिलवस्तु जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भैरहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया