

७५ जिल्लामा लागु भयो स्वास्थ्य बीमा कार्यक्रम


काठमाण्डौ ।
सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम काठमाण्डौ र ललितपुरबाहेक सबै जिल्लामा लागू भएको छ । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक वर्ष २०७२ र ७३ मा कैलाली जिल्लाबाट सुरु भएको थियो ।
स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउने लक्ष्यसहित सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । हरेक वडामा रहेका दर्ता सहयोगीमार्फत यो कार्यक्रममा सहभागी हुन सकिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
बीमा गर्न चाहने परिवारले आफ्नो घरमूली तथा अरु सदस्यको नागरिकता वा नेपाल सरकारबाट जारी परिचयपत्र अनिवार्य देखाएर परिवारका सबै सदस्यको स्वास्थ्य बीमा गर्न सकिने बोर्डले जनाएको छ । बीमा गर्न पाँच जनासम्मको परिवारलाई वर्षको ३ हजार ५ सय रुपैयाँ लाग्छ भने ५ जनाभन्दा धेरै सदस्य रहेको परिवारलाई वर्षको ७ हजार रुपैयाँ लाग्छ । बीमा गरेको परिवारले ५ जना सदस्य छ भने वर्षमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार पाउँछन् ।
५ जनाभन्दा धेरै सदस्य छन् भने थप सदस्यलाई २० हजारबाट सुरु भएर २ लाख रुपैयाँसम्म उपचार सुविधा पाइन्छ । यस्तै जेष्ठ नागरिकले १ लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सेवा पाउनेछन् । स्वास्थ्य बीमामा सुविधा लिन हरेक वर्ष अनिवार्य नवीकरण गर्नुपर्छ । बीमा गरेका व्यक्तिले वहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र अरु कक्षाबाट बीमा बोर्डले तोकेका उपचार सेवाहरु पाउनेछन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया