

नचिनेका मानिसको समूहले पार्किङ गरी राखेका चार वटा गाडीमा तोडफोड : दाङ



दाङ
नचिनेका मानिसको समूहले दाङको लमहीमा पार्किङ गरी राखेका चार वटा गाडीमा तोडफोड गरेको छ । देउखुरी लमहीका विभिन्न ठाउँमा पार्किङ गरेका गाडीमा इँटा र ढुङ्गा प्रहार गर्दा क्षति भएको प्रहरीले जनाएकाे छ ।
रा १ ख १७५९ नम्बरको ट्रक, लु १ ख ९१४९ नम्बरको बस, भे १ च २८१२ नम्बरको जीप र नम्बर नखुलेको डिलक्स बसमा तोडफोड भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
तोडफोडमा संलग्नहरुको खोजी भइरहेकाे वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताउनुभयो ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया