

के बन्ला त गण्डकी प्रदेशमा नयाँ सरकार ?



काठमाण्डाै
गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना रहेको छ । प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेश सभा सदस्यले हिजो नै दाबी प्रस्तुत गरिसकेका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो तीन बजेसम्म बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा विपक्षी गठबन्धनले हिजाे नै ३१ जना प्रदेश सभा सदस्य आफैँ उपस्थित भएर दाबी पेस गरेका छन् । नियमअनुसार प्रदेशप्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्ति बिहीवार विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले नयाँ मुख्यमन्त्रीको लागि बहुमतसहित दाबी गर्न समय दिनुभएको हो । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो ।
कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका छन् ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया